Skip to main content

मैले चिनेको उनि...

मैले चिनेको ऊनि....
न्याय नहोला अपरिचित नैत भनि नहालौं हाफ् अपरिचीत बाट संबोधन गरे सायद उन्ले पनि यही सोच्दो हो । खैर अब यि शब्द ले नत उस्को चित्त दुखाउंछ नत मेरौ नै । सानो कुरामा लड्ने रिसाउने ,ठुस्किने के के हो के के एउटा सौखिन जिबन बिताएको बच्चा र उस्मा खासै अन्तर थिएन। उनि बिना सित्ति रिसाउंथ्यो म बिना सित्ति फकाउथें उनि बिना सित्ती कुरामा झर्किन्थ्यो म बिना सित्ती पोलाईट् भैदिन्थे उनि चाऊचाऊ मा मसला नपर्दा देखी बर्थडे बिर्सिदा संम रिसाईदिन्थ्यो  तर कैले पनि उस्को हर्कतले थाकिन कैले कांही सोच्छु सायद माया नै त्यै थियो । नत उस्ले बुज्यौ नत कैले बज्ने नै कोशिश गर्यो । हुनत मैले पूर्ण रूपमा बुजेको थिए पनि भन्न खोजेको हैन । सबै दोष उस्लाई थुपारेर म चोख्खिन नि खोजेको हैन । कुनै संबध बिना झगडा बिना असमझदारी बिना कुनै कारण छुट्दो रैछ टुट्दो रैछ भन्ने कुरा त्यति खेर थाहा पाए । एकोहो रोटी पाक्दैन भनेको झै थाहा पनि थियो हामि दुई मा कसैले न कसैले आवाज ऊठाउनुनै थियो  कत्ति चोटी बिना कारण माफी मागे। थाहा थियो उस्को बानि ऊ पग्लिने वाला थिएन कति चोटी बिना कुनै निष्कर्ष फोन काटी दिन्थ्यो । सायद उस्को त्यो हर्कत ले नै गर्दा उनि प्रति माया पातलिनुको मूख्य कारण थियो । मलाई त्यस्तो कुनै ठोस कदम नै ऊठाउन परेर त्यसको लागी अझै'निऊ प्रति आभारी छु । म एक टक भएर कुरा सुन्दै थिए यत्तिकैमा मेरो फोनको बेट्री लो भएको देखायो मैले बिचमै कुरा काटेर सन्देश भाई मेरो बेट्री लो भयो अहिले म बाहिर छु बरू मिल्छ भने भोली साँझ 6 बजे सिबुया को ब्रिटिश हब् मा भेटौन मैले भने । सबै याद मन मस्तिष्क मा ताजा बनाउंदै भन्दै थियो होला त्यत्तिकैमा ऊ अक्कन बक्क भयो । मैले भने ठिकैछ नि त कुन दिन समय मिल्छ मलाई 2-3 दिन अगाडी खबर गर मलाई नि कामको सिफ्ट मिलाउनु पर्छ । दाई मेरो पनि गाक्को र काम हुन्छ हेईजिचू त अली गाह्रो पर्छ बरू शनिवार बेलूका भेटौंन्?गाक्को कलेज र हेईजिचू सोमबार बाट शुक्रवार लाई भन्छ केटो बिच बिच मा जापानिज. घुसाएर बोल्दै थियो । त्यसो भए सिनोकोबू आऊ नेपाली रेस्ट्रूरेन्टमा डिनर पनि संगै गरौंला मैले उस्लाई प्रतिप्रश्न गरे । हैन दाई नेपाली नै नेपाली हुन्छ खुलेर बोल्न पाउंदैन बरू अन्तै कत्तै भेटौन? उस्को कुरा जाएज पनि थियो नेपालीहरूको केन्द्र बिन्दु नै  सिनोकोबू भन्दा दुई मत नहोला । जापानमा यदि मिनी नेपाल बनाउने हो भने त्यो अवश्य सिनोकोबू नै हो । ठिकै छनि त त्यसो भए त्यति मात्र के भनेको थिए कुरा ठुंगिन नपाऊदै मेरो फोन अफ भयो । बेलुका कोठामा पुग्दा त्यस्तै सबा 11 बजेको हुंदो हो हत्तनपत्त मोबाई चार्ज मा हाले मोबाईल अन् हुन नि कस्तो बेर लाग्या होला शायद धैरेता भन्ने चिज नै यस्तै होला आफ्नो बस भन्दा केही कदम दूर । सन्देश लाई सुनाऊनु भन्दा पनि मलाई सुन्न हत्तार थियो। मनमा अन्तरकृया  चल्दा चल्दै मोबाईल अन भयो ।नोबेम्बर को तातो घाम को मजा लिदै कुरा सुन्न आईतबार मध्यान्न को समय नै पाएक लाग्यो। उयनो पार्क मा बोलाए अनि आऊंदा बदम र सुन्तला ल्याउन चैं नभुल है लास्ट मा ऊईन्क् वाला ईमोजी टाईप् गरेर सन्देश को फेसबुक मा म्यासेज पठाए । दिन भरी को थकान र सन्देश को स्टोरी दिमाग मा खेलाउंदा खेलाउदै कति खेर निदाएछु पत्तै भएन । 

Comments

Popular posts from this blog

Single mom

एउटा नादान बच्चाले जन्म लिन्छ । तर अवसोस् उस्को  पतिले उस्लाई डिबोर्स दिन्छ।। बिईङ् सिंगल मदर, उस्को कठिन यात्रा सुरू हुन्छ । जिन्दगिमा आएका हरेक अप्स्ट्याकल संग जुद्दै धुरू धुरू रुन्छ ।। तर अंह, हिम्मत भने कैले हार्दिन् ।।। तोते बोलीमा लर्बराउंदै मम्मा बोल्दिदा, उस्को लागी स्ट्रेन्थ् नै उस्को छोरी हुन्छ । पास्ट लाई भुलेर ,वर्तमान मा रमाऊंदै सुनौलो भविष्य को कल्पनामा बिदेशिनु उस्को बाध्यता बन्छ । तर अंह, हिम्मत भने कैले हार्दिन ।।। नंया ठांउ ,नया परिवेश झिलिमिली शहर मा आफुलाई नै हराउने डर । सन्सार जाली छ, उस्लाई कसैको पनि लाग्दैन भर ।। तर अंह, हिम्मत भने कैले हार्दिन ।।। भूत, बर्तवान र भविष्य समय बित्दै जान्छ । र एक दिन उस्ले कसम खान्छ । जिन्दगी मा कसैको साथ पाउला या नपाउला, मेरो छोरी नै मेरो भविष्य को सहारा बन्छ ।। तर अंह, हिम्मत भने कैले हार्दिन ।।।                                             -सुबज उप्रेती

एउटा मयूर सुनौलो भबिष्य को कल्पनामा शहर पस्छे

एउटा मयूर सुनौलो भबिष्य को कल्पनामा शहर पस्छे तर उस्लाई थाहा हुन्न शहर मा ब्वांसो को कमि छैन । ब्वांसोहरू लाई पहिलै थाहा हुन्छ मयुर शहर पस्ने कुरा । तम तयार भएर बसेको  हुन...