एउटा मयूर सुनौलो भबिष्य को कल्पनामा शहर पस्छे तर उस्लाई थाहा हुन्न शहर मा ब्वांसो को कमि छैन ।
ब्वांसोहरू लाई पहिलै थाहा हुन्छ मयुर शहर पस्ने कुरा ।
तम तयार भएर बसेको हुन्छन् हान्नलाई छुरा ।
योजना पैले बनि सकेको हुन्छ, क्यान्डिटेड्स तय भैसकेको हुन्छ ।
सहयोग र मद्धत नामको जाल बिच्छाई, अनि चल्छ सांठेको जुदाई बाच्छाको मिचाई ।
कसैको पाप, कुभलो नचिताउने हुन्छे ऊ पबित्र ।
बिचरी स्वयं लाई थाहा नभई हत्या भैसकेको हुन्छ उस्को चरित्र ।
ऊ लाचार हुन्छे , हरेक पल रून्छे , बिचारा भन्नेहरू नै हुन्छ यस हात्स्हाको मुख्य पात्र।
बस ऊस्लाई चिन्ता छत उस्को परिवार को मात्र ।।
ऊ शहर भरी भैसकेको हुन्छ रातारात बदनाम
त्यही मुख्य पात्रले नै जोड्दिएको हुन्छ "माल" शब्द को उपनाम।
एउटा नादान बच्चाले जन्म लिन्छ । तर अवसोस् उस्को पतिले उस्लाई डिबोर्स दिन्छ।। बिईङ् सिंगल मदर, उस्को कठिन यात्रा सुरू हुन्छ । जिन्दगिमा आएका हरेक अप्स्ट्याकल संग जुद्दै धुरू धुरू रुन्छ ।। तर अंह, हिम्मत भने कैले हार्दिन् ।।। तोते बोलीमा लर्बराउंदै मम्मा बोल्दिदा, उस्को लागी स्ट्रेन्थ् नै उस्को छोरी हुन्छ । पास्ट लाई भुलेर ,वर्तमान मा रमाऊंदै सुनौलो भविष्य को कल्पनामा बिदेशिनु उस्को बाध्यता बन्छ । तर अंह, हिम्मत भने कैले हार्दिन ।।। नंया ठांउ ,नया परिवेश झिलिमिली शहर मा आफुलाई नै हराउने डर । सन्सार जाली छ, उस्लाई कसैको पनि लाग्दैन भर ।। तर अंह, हिम्मत भने कैले हार्दिन ।।। भूत, बर्तवान र भविष्य समय बित्दै जान्छ । र एक दिन उस्ले कसम खान्छ । जिन्दगी मा कसैको साथ पाउला या नपाउला, मेरो छोरी नै मेरो भविष्य को सहारा बन्छ ।। तर अंह, हिम्मत भने कैले हार्दिन ।।। -सुबज उप्रेती
Comments
Post a Comment