Skip to main content

Posts

Showing posts from October, 2017

रानी जस्तै संधै राख्छु ...

रानी जस्तै संधै राख्छु,भागेर जाऊं भनेकै हो। रीतीरिवाज परम्परा, नागेर जांऊ भनेकै हो।। हांस्दै उस्ले भनि  आंट छ भने, लिनै आऊ घरमा। ठिकै छ नि त्यसो भए,मागेर जांऊ भनेकै हो।। रानी जस्तै संधै राख्छु,भागेर जाऊं भनेकै हो।। विदाई मै रात पर्ला, सुहागरातको माया मार। त्यसो भए अनिधो बसि,जागेर जांऊ भनेकै हो।। रानी जस्तै संधै राख्छु,भागेर जाऊं भनेकै हो।। सात फेरा ली सात जन्म, संगै हुने विश्वास मोरो। मायाको धागो मन्डप बाटै , टांगेर जांऊ भनेकै हो।। रानी जस्तै संधै राख्छु,भागेर जाऊं भनेकै हो। रीतीरिवाज परम्परा, नागेर जांऊ भनेकै हो।।                                        -सुबज उप्रेती 

Single mom

एउटा नादान बच्चाले जन्म लिन्छ । तर अवसोस् उस्को  पतिले उस्लाई डिबोर्स दिन्छ।। बिईङ् सिंगल मदर, उस्को कठिन यात्रा सुरू हुन्छ । जिन्दगिमा आएका हरेक अप्स्ट्याकल संग जुद्दै धुरू धुरू रुन्छ ।। तर अंह, हिम्मत भने कैले हार्दिन् ।।। तोते बोलीमा लर्बराउंदै मम्मा बोल्दिदा, उस्को लागी स्ट्रेन्थ् नै उस्को छोरी हुन्छ । पास्ट लाई भुलेर ,वर्तमान मा रमाऊंदै सुनौलो भविष्य को कल्पनामा बिदेशिनु उस्को बाध्यता बन्छ । तर अंह, हिम्मत भने कैले हार्दिन ।।। नंया ठांउ ,नया परिवेश झिलिमिली शहर मा आफुलाई नै हराउने डर । सन्सार जाली छ, उस्लाई कसैको पनि लाग्दैन भर ।। तर अंह, हिम्मत भने कैले हार्दिन ।।। भूत, बर्तवान र भविष्य समय बित्दै जान्छ । र एक दिन उस्ले कसम खान्छ । जिन्दगी मा कसैको साथ पाउला या नपाउला, मेरो छोरी नै मेरो भविष्य को सहारा बन्छ ।। तर अंह, हिम्मत भने कैले हार्दिन ।।।                                             -सुबज उप्रेती

कान्छा कान्छी

मैले भने कान्छि जान्छौ? उस्ले पनि फिस्स हांस्दै भनि कान्छा लान्छौ?? त्यस पछि कुरा साह्रै गहिरो भयो । हेर्दा हेर्दै माया को बांध फुट्यो  अनि बिस्तारै बिस्तारै पहिरो गयो ।। शरीर स्थिर राखेर मन उनि तिर  लमक लमक अघि बड्दै गयो । ब्रेकफेल मेरो मन भाग्य भनौकी दुर्भाग्य भनौ  उनि संगै दुर्घटना भयो।। मैले भने कान्छि जान्छौ? उस्ले पनि फिस्स हांस्दै भनि कान्छा लान्छौ?? उन्को त्यो सेतो गाला लाजले धबधब् बल्न थाल्यो । उसै त मात्तिएको मेरो मन लाभा झैं जल्न थाल्यो ।। एक्कासी उन्को त्यो मुहारमा बत्ति गयो । अलि वर आई अनि भनि ए कान्छा अब त अत्ति भयो ।। मैले भने कान्छि जान्छौ? उस्ले पनि फिस्स हांस्दै भनि कान्छा लान्छौ?? मैले पनि भनि दिए दोसी मलाई ठहर्याउन् सबै चाल चाल बरू ।  बिन्ति मलाई मायाको काराग्हार मा जन्म कैद हाल बरू ।। सवाल मेरो यस्तो थियो तिम्रो मन जित्नलाई चिप्लो मलाई घस्नु छैन । ट्रहो स्वरमा जवाब आयो अल्लारे को गफमा मलाई प नि फस्नु छैन ।। मैले भने कान्छि जान्छौ? उस्ले पनि फिस्स हांस्दै भनि कान्छा लान्छौ??             ...