एकान्त त देख्नै नहुने,कस्तो मात्तेकी धत्तेरीका । फेरी कस्ले देख्ला भनि,कस्तो आंत्तेकी धत्तेरीका।। जाडोले लग्लग कांप्याछु,लूगा माथी लूगा खाप्याछु । तिमी भने वान पिस् मै, कस्तो ठांट्टेकी धत्तेरीका ।। एकान्त त देख्नै नहुने, कस्तो मात्तेकी धत्तेरीका । कोमल अोठको स्पर्शले, चरम बिन्दु छोएपछि । शरीर पुरै जल्ला जस्तो,कस्तो तात्तेकी धत्तेरीका ।। एकान्त त देख्नै नहुने, कस्तो मात्तेकी धत्तेरीका । आत्था दुख्यो भयो छोड, चिमोटेरै मार्छौ कि के? लाजको नि ख्याल गरन, कस्तो पात्तेकी धत्तेरीका ।। एकान्त त देख्नै नहुने, कस्तो मात्तेकी धत्तेरीका । फेरी कस्ले देख्ला भनि,कस्तो आंत्तेकी धत्तेरीका।। -सुबज उप्रेती