Skip to main content

कान्छा कान्छी

मैले भने कान्छि जान्छौ?
उस्ले पनि फिस्स हांस्दै भनि
कान्छा लान्छौ??
त्यस पछि कुरा साह्रै गहिरो भयो ।
हेर्दा हेर्दै माया को बांध फुट्यो 
अनि बिस्तारै बिस्तारै पहिरो गयो ।।
शरीर स्थिर राखेर मन उनि तिर 
लमक लमक अघि बड्दै गयो ।
ब्रेकफेल मेरो मन भाग्य भनौकी दुर्भाग्य भनौ
 उनि संगै दुर्घटना भयो।।
मैले भने कान्छि जान्छौ?
उस्ले पनि फिस्स हांस्दै भनि
कान्छा लान्छौ??
उन्को त्यो सेतो गाला लाजले धबधब् बल्न थाल्यो ।
उसै त मात्तिएको मेरो मन लाभा झैं जल्न थाल्यो ।।
एक्कासी उन्को त्यो मुहारमा बत्ति गयो ।
अलि वर आई अनि भनि ए कान्छा अब त अत्ति भयो ।।
मैले भने कान्छि जान्छौ?
उस्ले पनि फिस्स हांस्दै भनि
कान्छा लान्छौ??
मैले पनि भनि दिए दोसी मलाई ठहर्याउन् सबै चाल चाल बरू । 
बिन्ति मलाई मायाको काराग्हार मा जन्म कैद हाल बरू ।।
सवाल मेरो यस्तो थियो तिम्रो मन जित्नलाई चिप्लो मलाई घस्नु छैन ।
ट्रहो स्वरमा जवाब आयो अल्लारे को गफमा मलाई पनि फस्नु छैन ।।
मैले भने कान्छि जान्छौ?
उस्ले पनि फिस्स हांस्दै भनि
कान्छा लान्छौ??
                                                       सुबज उप्रेती

Comments

Post a Comment